सुनको मूल्य तोलामा २२ सयले बढ्यो, चाँदीको कति ?

नवनारी
२३ माघ २०८१
221 Views

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो वृद्धि भएको छ ।  मंगलबारको तुलनामा छापावाल सुनको मूल्य बुधबार तोलामा २ हजार २०० रुपैयाँ बढेको हो । 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ६६ हजार ९०० रुपैयाँ पुगेको छ । मंगलबार सुन तोलामा १ लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार पनि सुनको मूल्य एक हजार ९ सयले वृद्धि नै भएको थियो ।

यसैगरी बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९७५ रुपैयाँ कायम भएको महासंघले बताएको छ । 


धेरै पढिएको