‘आत्मविश्वास र असल जीवन साथी भए सफलताले पछ्याउँछ’

नवनारी
२५ माघ २०८१
449 Views

काठमाडौँ । हरेक मानिसको जीवन थुप्रै राम्रा, नराम्रा, सुख, दुःखका भरिपूर्ण क्षणहरु हुन्छन् । जन्मेपछि मृत्युको प्रतिक्षामा रहँदा भोगिने आरोह र अवरोधका पल जीवन गाथा हुन् । काठमाडौंको तत्कालीन गोलढुङ्गा गाविस वडा नं. ६ मुड्खुमा जन्मिनु भएकी विमला देवकोटाले पनि जीवनमा थुप्रै गाथाहरु सम्हालेर अगाडी बढ्नु भएको छ । आचार्य कुलमा जन्मिनु भएकी उनका पिताको नाम पण्डित जग्नाथ आचार्य आमाको नाम लेखकुमारी आचार्य हो । पिता तत्कालीन फोहरा दरबारको पण्डित हुनुहुन्थ्यो । हाल दुवै जना स्वर्गिय भइसक्नु भएको छ । उहाँका एक जना दाई, दुई दिदी र एक भाई हुनुहुन्छ । उहाँको औपचारिक शिक्षा गोलढुङ्गा गाविसको श्री नार्गाजुन माध्यामिक विद्यालयबाट सुरु भएको थियो । त्यहीँ विद्यालयबाट वि.स. २०४६ सालमा उहाँले एस.एल.सी परीक्षा उत्तीर्ण गर्नु भएको थियो । २०४६ माघमा एसएलसी परीक्षा सकिएर फाल्गुनमा उहाँको विवाह गोरखाका कृष्ण प्रसाद देवकोटा संग भयो ।

पण्डितको कुलमा जन्मिएकी विमलाको लागि विहेपछिको जिन्दगी धेरै नै फरक भयो । ‘बाल्यकाल राजदरबारभित्रको सुखमा हुर्किएँ । दशैंमा नौ रथमा कन्या पूजा गर्नलाई दरबारभित्र हामी जान्थेम् । दरबारमा त्यसरी हुर्किएँ तर सामान्य परिवारसँग मेरो बिहे भएको थियो,’ उहाँले भन्नुभयो, ‘निश्चियनै बिहेपछिको जीवन संर्घसमय् नै भयो । किनभने मलाई चुलो बाल्न पनि आउँदैनथियो । घरमा मजाले काम गर्ने मान्छेहरुसँग हुर्किएको मान्छे म । विहे पछि संर्घष सामान्यता स्वभाविक नै थियो ।’

परिवारिक परिवेश पनि फरक थियो । उहाँ एक हिसाबले शहरी परिवेशमा हुर्केको विहेपछि पूरै गाउँले परिवेशमा घुलमिल हुन गाह्रो नै भएको थियो । ‘त्यो फरक परिवेशमा घुलमिल हुन मलाई समय लागेको थियो,’ उहाँले आफ्नो बितेका दिनहरु सम्झिदै भन्नुभयो, ‘निश्चियनै त्यहाँको मान्छे भएर व्यवस्थापन हुनु गाह्रो पर्यो । तर बिस्तारै सबै कुराहरु सामान्य भए । मेरो देवर त अहिले स्वर्गीय भइसक्नु भयो । २०५८ सालमा द्वन्द्वकालमा मेरोे देवरको हत्या भएको हो । मेरो देवरलाई म प्रेरणाको स्रोत नै मान्छु । किनभने मेरो श्रीमान् व्यस्त हुनुहुन्थ्यो । कतिपए घरभित्रका कतिपए घर बाहिरका व्यवहारिक कुराहरु मेरो देवरले सिकाउनुभयो । देवरको शोकले गर्दा म धैरे साइकोलोजि ट्र«मामा पनि गए । त्यसपछि बिस्तारै आफूलाई रिलिभ गर्दै गएँ ।’

जीवनलाई अघि बढाउँदै जाने क्रममा २०४७ सालमा उहाँको जेठो छोरा विनय देवकोटाको जन्म भयो । श्रीमान ४ बर्षको हुँदा ससुरा बित्नु भएको रहेछ । ससुरा विनाको घर, श्रीमान पनि धेरै व्यस्त भएकाले उहाँलाई विहेपछिको केहि समय गाह्रो नै भएको थियो । ‘पढ्न भनेर पद्मकन्यामा नाम रजिष्टार भयो, त्यतिबेला प्लस टु थिएन, प्रविणता तह पढ्नुपथ्र्यो । पहिलो बर्ष छोरा पेटमा भएका कारण ब्रेक गरे, सारी लगाएर पेट ठूलो देखाएर क्याम्पस जान सहज लागेन,’ बिमलाले सुनाउनुभयो, ‘छोरा ८ महिनाको भएपछि पढाईलाई पुनः निरन्तरता थिएँ ।’ २०५१ सालमा कान्छो छोरा विवेक देवकोटाको जन्म भएपछि पनुः शिक्षाको गाडी अगाडी बढ्यो । २ महिनाको बच्चा छाडेर उहाँ रत्नराज्य क्याम्पसमा स्नातक पढ्न थाल्नुभयो । स्नातक पनि राम्रै अंङ्कका साथ पास गर्नुभयो । ‘घरपरिवार बालबच्चा छोडेर कलेज जानु चुनौतिपूर्ण थियो,’ बिमला सम्झनुहुन्छ, ‘बिहान ४ बजे उठेर लिटो बनाएर राख्थ्ये, आफू पनि केहि खान्थे र कलेज जान्थे । ९ बजेसम्म पढेर सवा ९ मा घर पुग्थे, जेठोछोरालाई स्कुल पुर्याएर कान्छोलाई स्याहार गर्थे, मैले विहानको खाना ११ बज्थ्यो । कहिले काँही श्रीमान्ले खाना पकाएर राखिदिनुहुन्थ्यो, कति दिन ४ बजे नै खाना पकाएर जाने गर्दा गर्दै स्नातक पास गरे ।’

स्नातक गरेपछि उहाँले २०५३ सालमा पुष २४ गते देखि सिटिइभिटीमा सेवा सुरु गर्नुभयो । २ बर्षको करार सेवा पछि स्थाईको लागि खुल्यो, जाँच दिनुभयो र पहिलो पटक नै सफल हुनुभयो । उहाँले २०५५ साल कात्तिक १५ गते स्थायी नियुक्तिले २६ बर्ष पार गर्यो । बाल्यकालमा सुखमा हुर्किएकी उहाँ अहिले आफ्नो मेहेनतले बनाएको घरलाई दरबार जस्तै देख्नुहुन्छ । जागिरकै बेला सिटिइभिटीमा पिसिएल नर्सिङ खुल्यो । इच्छा भएर पनि उहाँले नर्सिङ पढ्न सक्नु भएन् । जागिरमा हुँदा पनि उहाँको पढने हुटहुटी सकिएन् । त्रिचन्द्र कलेजमा रात्रिकालीन सिफ्टमा भर्ना हुनुभयो । केहि दिन क्याप्पस गएपछि उहाँले असहज महशुस गर्नुभयो । ‘ह्यारेसमेन्ट जस्तो हुने भएपछि मैले घरबाट नै पढ्ने निर्णय गरे ।’ उहाँले भन्नुभयो, ‘तर डिग्रीमा प्रथम श्रेणी नआउने भएपछि फेर ब्रेक लाग्यो । पछि पद्मकन्या क्याम्पसबाट ग्रामिण विकास बिषयमाबाट प्रथम श्रेणीमा डिग्रीपास गरे ।’

सामान्यतया प्रविधिमा राम्रो पहुँच राख्ने भएकाले कम्प्यूटरमा सधैजसो अपडेट भइराख्नुहुन्थ्यो । त्यसैबेला उहाँलाई अर्को अवसरले पच्छ्यायो । कोलोम्बो प्लान स्टाफ कलेज फर टेक्नेसियन एजुकेसनमा इन्टनका लागि काम गर्ने अवसर पाएपछि उहाँ एक बर्षका लागि फिलिपिन्सको राजधानी मोनिला जानुभयो । श्रीमान र छोराले जाने हौसला दिनुभयो र बाहिर गएपछि अंग्रेजी त राम्रो हुन्छ भन्ने लागेर पनि उहाँले फिलिपिन्स पुग्नु भएको थियो । विमलाले त्यहाँ इच्छा अनुसार सबै डिभिजनमा दुई दुई महिना काम गर्ने अवसर पाउनुभयो । त्यहाँको मुख्य मान्छे नै भारतिय थिए । अफिसको काम अन्य देशका मान्छे भन्दा उहाँ संग हिन्दी भाषमा भन्न सहज भएर होला विमलालाई सेक्रेटरीको काम गर्ने अवसर प्राप्त भयो । ‘मेरो भाग्य पनि हो त्यहाँको स्थाई कर्मचारीले मात्र पाउने अवसर म इन्टन भएर पनि पाँए ।’ एक बर्षको बसाई पनि २००९ मा नेपाल फर्कीनु भएकी उहाँले नेपाल फर्केको १७ दिनमा जेठो छोरालाई विदेश पठाउनुभयो । दिनहरु एक पछि अर्को बित्दै गए । सिटिइभिटीको जागिर चलिरहेकै थियो । आरोह र अवरोहहरु संगै पौठेजोरी खेल्दै उमेरले चार दर्शक टेकेपछि आफ्नै स्वास्थ्य पनि पहिलाको जस्तो नपाइने उहाँको अनुभव छ ।

जीवनमा आत्मअनुसासनले नै सबै भन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको उहाँको अनुभव छ । एउटा ज्यानलाई ९ पटक सम्म अप्रेसन गर्नुपर्यो, त्यो बेलाको पीडा अर्को चुनौती थियो, त्यसपछि प्रोफेस्नल जीवन, पर्सनल जीवन र पारिवारिक जीवन बाँच्नुपर्ने अर्को चुनौती थियो । आत्मअनुसासन र जीवन साथी संगै भएभने जीवन फरक हुने रहेछ भन्ने विमलाको जीवनको भोगाई हो ।

मेरो श्रीमानले सबै कुरा बुझेर मैले पनि सहज तरिकाले लिने भएकाले आज यो ठाउँमा छु । आठ महिनाको छोरा छोडेर कलेज, दुई महिनाको बच्चा छोडेर कलेज गए, बच्चा नै छोडेर विदेश गए यो सबै श्रीमानको साथले नै सम्भव नभएको हो । मलाई सफल बनाउन मेरो श्रीमान र आमाको हात छ । आमा स्वास्थ्य हँदा सम्म बच्चाहरुको हेरबिचार गर्न अलि सहज हुन्थ्यो पछि आमा पनि अस्वस्थ हुनुभयो । त्यो पनि सम्भव भएन् उहाँ सम्झिनुहुन्छ ।

विमला देवकोटा, सिटिइभिटी कार्यालय सानोठिमी भक्तपुरमा प्रशासकीय अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ ।


धेरै पढिएको