पाठेघर खस्ने कारण, लक्षण र रोकथामका विधि
पाठेघर वा आङ खस्ने समस्याका कारणहरु
– स्वास्थ्य संस्थामा प्रसूती नगराउनु ।
– बच्चा वा साल निकाल्न बेस्सरी पेट थिच्नु ।
– बच्चा जन्माउँदा पाठेघरको मुख पुरा नखुलिकन बल गर्नु ।
– सुत्केरी अवस्थामा गहौँ भारी उठाउने र टुक्रुक्क बसेर काम गर्नु ।
– किशोरीवस्थामा बच्चा जन्माउनु ।
– धेरै बच्चा जन्माउनु, गर्भान्तर दुई बर्षभन्दा कम राख्नु ।
– गर्भवती वा सुत्केरीले उचित पोषणयुक्त खाना र आराम नपाउनु ।
– धुम्रपान तथा मद्यपान गर्नु ।
– लामो समयसम्म खोकी लागिरहनु वा कब्जियत हुनु ।
– गलत तरिकाले पटुका बाँध्नु ।
– यौन तथा घरेलु हिंसाको सिकार भई प्रजनन् अंगमा प्रभाव पर्नु ।
पाठेघर खस्ने समस्याका लक्षणहरु
– योनीमा अप्ठ्यारो वा केही चिज÷डल्लो बाहिर निस्किए जस्तो महशुस हुनु ।
– तल्लो पेट र योनी मार्गमा भारी महशुस हुनु ।
– खोक्दा, हाच्छिउँ गर्दा पिसाब चुहिनु र केही चिज योनिबाट बाहिर निस्किए जस्तो हुनु ।
– छिनछिनमा पिसाब लाग्नु र पिसाब थैली नरितिए जस्तो हुनु ।
– तल्लो पेट र ढाड दुख्नु ।
– यौन सम्पर्क गर्दा अप्ठ्यारो महशुस हुनु ।
– पिसाब वा दिशा गर्ने बेला योनिबाट निस्किेको डल्लो हातले भित्र ठेल्नु पर्ने हुनु ।
– निस्किएको डल्लोमा घाउ भई पिप÷रगत बग्नु ।
पाठेघर खस्ने समस्याको रोकथाम
– कम उमेरमा बच्चा नजन्माउने ।
– गर्भ निरोधक साधनको प्रयोग गरेर कम्तिमा दुई बर्ष गर्भान्तर राख्ने साथै धेरै बच्चा जन्माउने ।
– गर्भवती र सुत्केरी अवस्थामा साग, गेडागुडी, दूध,फलफुल, अण्डा माछा मासु आदि पोसिलो खानेकुरा खाने ।
– स्वास्थ्य संस्थामा सुत्केरी गराउने ।
– गर्भवती र सुत्केरी अवस्थामा गह्रौँ भारी नबोक्ने तथा पर्याप्त अराम गर्ने ।
– पोल्भिक व्यायाम तथा हल्का शारीरिक व्यायाम गर्ने ।
– धुम्रपान तथा मद्यपान नगर्ने ।
– पाठेघर खसेको शंका लागेमा स्वास्थ्य परीक्षणमा जाने ।
– लामो समयसम्म खोकी लाग्ने तथा कब्जियत भएमा परीक्षण गराउने ।
पाठेघर खस्ने समस्याको उपचार
पेल्भिक मांसपेशीलाई बलियो बनाउनका लागि योनी र योनी वरिपरिको मांसपेशी १० सेकेन्ड सम्म खुम्च्याउने र छोड्ने गर्नुपर्छ । यो प्रक्रिया १० पटक सम्म गर्नुपर्छ र दिको ३ पटक कम्तीमा ३ महिनासम्म गर्नुपर्छ । यो व्यायाम सुत्दा,उठ्दा बस्दा जति बेला पनि गर्न सकिन्छ । यस्तै, रिङ्ग पेसरीबाट पनि यो समस्याको उपचार गर्न सकिन्छ । महिलाको योनी भित्र राखिने चुरा आधारको रिंगले पाठेघरलाई अड्याउछ । यो शल्यक्रिया गर्न नचाहने र अरु रोगको कारणले शल्यक्रिया गर्न नमिल्ने महिलाको लागि उपयुक्त हुन्छ । स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीको सल्लाह अनुसार मात्र रिङ्ग कसरी राख्न सकिन्छ । अन्तिम विधि हो सल्यक्रिया । बिरामीको अवस्था अनुसार चिकित्सकहरुले शल्यक्रिया गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस