एक करोड बढि ठगीको आरोपमा एक महिला पक्राउ
319 Views
काठमाडौँ । वैदेशिक रोजगारको लागि जापान पठाईदिन्छु भन्दै एक करोड २३ लाख रुपैयाँ ठगीको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको बैजनाथ गाउँपालिका–५ बस्ने २३ बर्षीया तिर्सना बाठा मगर रहेकी छन् ।
उनले प्रतिव्याक्ति १४/१५ लाखका दरले रकम संकलन गरेर २/३ महिनादेखि सम्पर्क बिहीन भएको भन्दै बैदेशिक रोजगार बिभागमा परेको मुद्दाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस