बालिकामाथि सामूहिक बलात्कारको आरोपमा दुई जना पक्राउ

नवनारी
२८ माघ २०८१
215 Views

काठमाडौँ । प्रहरीले १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ गरेको छ । कैलालीको बर्दगोरिया गाउँपालिकाकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा सोही गाउँपालिका–३ का ४४ वर्षीय गोपाल बिक र २ नम्बर वडाका १६ वर्षीय किशोरलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराका अनुसार घटना २६ माघको हो । ‘२७ गते ४ बजे आफ्नो बहिनीमाथि सामूहिक बलात्कार भएको भन्दै पीडितकी दिदीले प्रहरीलाई खबर गरेकी थिइन्,’ डीएसपी बोहराले भने, ‘गोपाल बिकले मासु पकाएर ल्याइदिन भन्दै बोलाएपछि बालिका मासु लिएर बिकको पसलमा पुगेकी थिइन् । सोही क्रममा उनीहरूलाई पसलको कोठामा लगेर जबरजस्तीकरणी गरेको जानकारी आएको छ ।’ पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


धेरै पढिएको