सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो, कतिमा हुंदैछ कारोवार

नवनारी
२९ माघ २०८१
218 Views

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य ६ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबारको तुलनामा रु ६ सयले बढ्दै एक लाख ७० हजार २ सय कायम भएको छ । 


सोमबार तोलामा १ लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार (आज) चाँदीको मूल्य भने घटेको छ । सोमबार  १ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९४५ मा कारोबार भएको महासंघले जानकारी दिएको छ । 


धेरै पढिएको