नयाँ शक्तिको उपाध्यक्षमा मानुषी र दुर्गा निर्विरोध निर्वाचित

नवनारी
२९ माघ २०८१
166 Views

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को उपाध्यक्षमा मानुषी यमी भट्टराई र दुर्गा सोब निर्विरोध निर्वाचित भएका छन् ।काठमाडौंमा जारी महाधिवेशनमा महिला उपाध्यक्षमा मानुषी र दलित उपाध्यक्षमा सोबको मात्रै उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् ।

अध्यक्षमा भने डा. बाबुराम भट्टराईलाई नेत्र चापागाईँले चुनौती दिँदैछन् । अन्य पदको लागि मतदानबाट ११ पदाधिकारीसहित ९९ जनाको कार्यसमिति चयन गर्नेछ । अहिलेसम्म दुई उपाध्यक्षसहित २० केन्द्रीय सदस्य निर्विरोध भइसकेको नयाँ शक्तिले जानकारी दिएको छ ।


धेरै पढिएको