महिला फुटबल कप्तान एञ्जिलाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ को टिजर सार्वजनिक

नवनारी
२९ माघ २०८१
282 Views

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ को टिजर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक टिजरमा एञ्जिला घरभित्रबाट बाहिर निस्कन गरेको संघर्षदेखि कप्तान बन्दासम्मको कथा छ ।

फिल्ममा एञ्जिला आफैं प्रमुख भूमिकामा छिन् भने अभिनेता दयाहाङ राई र अभिनेत्री सृजना सुब्बा उनका बुवाआमाको भूमिकामा छन् । बुवा फुटबलको विपक्षमा र आमा पक्षमा देखिएका छन् । एञ्जिलाको खेलाडी बन्ने सपना पछाडिको संघर्षलाई फिल्ममा देखाइएको टिजरबाट बुझ्न सकिन्छ ।
निर्देशक मिलन चाम्सले ‘अञ्जिला’ एञ्जिलाको विगतका छायाबाट, भविष्यका लागि गरेको संघर्षसम्मको वास्तविक कथामा आधारित फिल्म रहेको बताए । इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश फिल्मले दिन खोजेको चाम्सले जिकिर गरे ।

फिल्ममा एञ्जिला आफैं मुख्य भूमिकामा छिन् भने सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरूङ, बुद्धि तामाङले पनि अभिनय गरेका छन् । निर्माता प्रेम कुमार श्रेष्ठले पनि फिल्ममा प्रमुख भूमिका निर्वाह गरेका छन् । फिल्म नेपालमा फागुन २९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।

Teaser:


धेरै पढिएको