सुनको मूल्य तोलामा २७ सयले घट्यो, कतिमा हुंदैछ कारोवार ?

नवनारी
३० माघ २०८१
219 Views

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार निरन्तर बढेको सुनको मूल्य बुधबार घटेको हो । 

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको थियो । मंगलबार चाँदी तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको थियो भने आज घटेर १ हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको मूल्य आज १५ रुपैयाँले घटेको हो । 


धेरै पढिएको