सत्य घटनामा आधरित म्युजिकल स्टोरी फिल्म ‘चेली’ सार्वजनिक (भिडियो)
250 Views
काठमाडौं । सत्य घटनामा आधरित म्युजिकल स्टोरी फिल्म ‘चेली’ सार्वजनिक भएको छ । स्माइल दासको स्वर र संगीतमा रहेको गीतमा ओम केरुङ र नेत्र लोज़ा गुरुङको शब्द रचना रहेको छ । नेत्र लोजा गुरुङको मुटुरोगबाट ग्रस्त आफ्नो बहिनी (चेली)लाइ गरिबीको कारण समयमै उपचार गर्न नसक्दा गुमाउदाको सत्य घटनाको पीडालाई भिडियोमा देखाइएको छ ।
कलाकार बुद्धि तामाङ र रेखा लिम्बुको मुख्य अभिनय रहेको ‘चेली’मा टिकाराम घले, माया गुरुङ, सुनिता गाहा लगायत करिब १ दर्जन कलाकार हरुको अभिनय रहेको छ । सुजाता बस्यालको स्क्रिप्ट तथा निर्देशनमा बनेको भिडियोमा नेत्र लोज़ाको स्टोरी, सुबास शाहको सम्पादन ,रबिन बिकेको रंग संयोजन र विवेक विकेको सिनेमाटोग्राफी रहेको छ । म्युजिकल स्टोरी फिल्म ‘चेली’लाई एम सिरिज ग्लोबलले निर्माण गरेको हो ।
भिडियाे:

प्रतिक्रिया दिनुहोस