एकैदिन ४ वटा फिल्म प्रदर्शनमा

नवनारी
२ फागुन २०८१
261 Views

काठमाडौं – शुक्रबार (आज) देखि हलमा ४ नयाँ फिल्म प्रदर्शनमा आएका छन् । नेपाली फिल्मतर्फ दुखी ‘आत्मा’ र ‘रंगी’, बलिउड फिल्म ‘छावा’ र हलिउड फिल्म ‘क्याप्टेन अमेरिकाः व्रेभ न्यू वर्ल्ड’ छन् । ‘दुखी आत्मा’ मा दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका रहेको छ । यो फिल्मले यौन दुर्बलता पीडित पुरुषको कथा भन्छ ।

‘रंगी’ मा सलोन बस्नेत, आयुषी ढकाल र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको छ । फिल्मले ६ वर्षिया छोरी र बुवाको मर्मस्पर्शी सम्बन्ध र सुखी जीवनतर्फको यात्राको कथा भन्छ । ‘क्याप्टेन अमेरिकाः व्रेभ न्यू वर्ल्ड’ पनि शुक्रबारदेखि रिलिज भएको छ । फिल्ममा साम विल्सनले मुख्य भूमिका निर्वाह गरेका छन् ।

एक्सन एड्भेन्चर जनराको यो फिल्म हलिउडको चर्चित शृंखला समेत हो । ‘छावा’ बलिउडको ड्रामा र एक्सन फिल्म हो । विक्की कौशल र रश्मिका मन्दनाको मुख्य भूमिका रहेको फिल्ममा छत्रपति शिवाजी महाराजको कथावस्तु छ ।


धेरै पढिएको