ओमानको भ्रमणमा जाँदै परराष्ट्रमन्त्री राणा

नवनारी
२ फागुन २०८१
283 Views

काठमाडौं । परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवा ओमानको भ्रमणमा जाने भएकी छिन् । चार सदस्य भ्रमण टोली आठौँ इण्डियन ओसियन कन्फरेन्समा सहभागी हुन आज त्यस तर्फ जान लागेको हो ।

ओमानको राजधानी मस्कटमा हुने कन्फरेन्समा सहभागी हुने मन्त्री राणाले ओमानका विदेश मन्त्री तथा ऊर्जा मन्त्रीहरूसँग पनि भेटघाटको कार्यक्रम रहेको छ । सोही अवसरमा खाडी क्षेत्रका देशहरूको संगठन गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) क्षेत्रमा रहेका नेपाली राजदूतहरूसँग पनि राणाको भर्चुअल बैठक हुने परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।


धेरै पढिएको