सुनको मूल्य २ हजार ७ सयले घट्यो, कतिमा हुदैछ कारोवार ?

नवनारी
४ फागुन २०८१
203 Views

काठमाडौँ । नेपाली बजारमा आईतबार (आज) सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा २ हजार ७ सय  रुपैयाँ घटेको हो । 
शुक्रबार तोलाको १ लाख ७० हजार २०० रुपैयाँ रहेकोमा आइतबार २ हजार ७ सय रुपैयाँले घट्दै १ लाख ६७ हजार ५ सय रुपैयाँ प्रति तोला कायम भएको हो । 

आज चाँदीको मूल्य पनि सामान्य अंकले घटेको छ । शुक्रबार १ हजार ९७० रुपैयाँ कायम भएकोमा आइतबार १ हजार ९५५ रुपैयामा कारोबार भइरहेको छ ।


धेरै पढिएको