‘एक्टरः टेक वन’ को प्रदर्शन स्थगित

नवनारी
४ फागुन २०८१
254 Views

काठमाडौं –नेपाली चलचित्र ‘एक्टरः टेक वन’ ले आफ्नो प्रदर्शन देशभर स्थगित गरेको छ । फिल्मका निर्माताले एक वक्तव्य जारी गर्दै प्रदर्शन तत्काललाई रोक्ने निर्णय गरिएको जनाएका छन् । ‘एक्टरः टेक वन’ निर्माण कम्पनीले अर्को फिल्म ‘एक्टर’ को निर्माता कम्पनी डायस्पोरा इन्टरटेनमेन्ट प्रालि र सो कम्पनीका संचालक सम्राट थापाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

अनुचित लाभ लिन खोजेको आरोप लगाउँदै मुद्दा दायर गरिएको जनाइएको छ । सो मुद्दा किनारा लागेपछि ‘एक्टरः टेक वन’ पुनः प्रदर्शन गर्ने प्रतिबद्धता सहित आईतबारबाट स्थगित गरिएको हो । यस अघि चलचित्र माघ १६ गते रिलिज हुने भनिएकोमा १८ गतेदेखि प्रदर्शनमा आएको थियो ।
Press Release


धेरै पढिएको