सुन तोलाको १२ सयले बढ्यो, कतिमा हुदैछ कारोवार ?
229 Views
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँ पुगेको छ ।
यसअघि आइतबार सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ थियो । आईतबार सुन २ हजार ७ सय रुपैयाँले घटेको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा १ हजार ९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस