किट विश्वविद्यालयबाट निकालिएका २०० विद्यार्थी वीरगन्ज आइपुगे
269 Views
वीरगन्ज । भारतको उडिसा राज्यस्थित किट विश्वविद्यालयबाट अपमानपूर्वक होस्टेलबाट निकालिएका नेपाली विद्यार्थीहरू नेपाल आइपुग्न थालेका छन् । भुवनेश्वरबाट सोमबार हिँडेका २०० जना विद्यार्थीहरूको एउटा समूहको पहिलो ४० जनाको टोली बुधबार बिहान वीरगंज आइपुगेको छ । उनीहरुसँगै आएका अरु विद्यार्थी पनि रक्सौलबाट वीरगन्जतर्फ लागेका छन् ।
वीरगन्ज शङ्कराचार्य गेटमा उनीहरु केहीबेर अघि ओर्लिएका छन् । उनीहरु वीरगन्ज आइपुग्ने सूचना पछि स्थानीयको पहलमा साउथजोन सेकेन्डरी स्कुलले आफ्नो २ वटा बस विद्यार्थीहरूलाई घर पुर्याउन उपलब्ध गराएको छ । विद्यालयकाअनुसार उनीहरूलाई घरघरमा लगेर छोडिने छ ।

प्रतिक्रिया दिनुहोस