नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा चैत २१ र २२ गते हुँदै
204 Views
काठमाडौं – नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा आगामी चैत २१ र २२ गते हुने भएको छ । काउन्सिलले अनलाइन मार्फत आवेदन फारामका लागि अनुरोध गरेको छ । परीक्षाका लागि फागुन ९ गतेदेखि फागुन २८ गतेसम्म दरखास्त बुझाउनुपर्नेछ भने बिलम्ब शुल्क तिरेर फागुन २९ र चैत ०१ गते फाराम भर्न पाइने सूचनामा उल्लेख छ ।
फाराम काउन्सिलको exam.nmc.org.np मा दिइएको निर्देशन बमोजिम भर्न भनिएको छ । अनलाइन आवेदन फाराम भर्ने र बुझाउने व्यवस्था चौबीसै घण्टा खुला हुने बताइएको ।

प्रतिक्रिया दिनुहोस