‘द ब्यूटी ग्यालरी ऐकेडेमी’को उद्घाटन
काठमाडौ । ‘द ब्युटी ग्यालरी सलुन एन्ड एकेडेमी’ को उद्घाटन गरिएको छ । सौर्न्दर्यविद सुमा चित्रकारले काठमाडौ महानगरपालिकाको गौरब योजना अन्तर्गतका बिद्यार्थिहरुलाइ सीप प्रदान गर्ने उदेश्यले एकेडेमी सन्चालनमा ल्याएको बताएकि छिन । एकेडेमीको केक काटेर बिहिवारदेखि काठमाडौँको सामाखुशीमा औपचारिक रूपमा सन्चालनमा ल्याइएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बेरिना कम्पनीका प्रबन्ध निर्देशक राजेश जलान ,सौन्दयकला ब्यवासायी संघकोअध्यक्ष वरिष्ठ सौन्दर्यविद कमला श्रेष्ठ र पद्मकन्या बिद्याश्राम माध्यमिक बिद्यालयको प्रीन्सिपल रिता तिवारीले सयुक्त रूपमा रिबन काटी पानसमा दिप प्रज्वलन गरेर ऐकेडेमिको उद्घाटन गरेका थिए । कार्यक्रममा अतिथिहरुले शुभकामना मन्तव्य दिएका थिए । त्यसैगरी सौन्दर्यकर्मी सीता अर्याल ,शर्मिला मुनिकारले एकेडेमीको सफलताको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा सौन्दर्यकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस