रियालिटी शो ‘कमेडी किड्स’को डिजिटल अडिसन खुला
काठमाडौं । रियालिटी शो ‘कमेडी किड्स’ को डिजिटल अडिसन खुला गरिएको छ । बुधबार (आज) महाशिवरात्रिको दिनबाट डिजिटल अडिसन खुला गरिएको आयोजक रघुजी फिल्म्सले जनाएको छ ।
यसमा भाग लिन इच्छुकले बढीमा २ मिनेट लामो भिडिओ बनाएर ह्वाटस् एप, जिमेल अथवा भाइबरमा पठाउन सक्ने जनाइएको छ । भिडिओ मोबाइलबाट खिचेर पठाउन सकिनेछ ।
सहभागीले एक्लै अथवा समूहमा भिडिओ बनाएर पठाउन सक्नेछन् । डिजिटल अडिसनबाट छानिएकालाई फिजिकल अडिसनमा बोलाइने र उत्कृष्ट छानेर शोको फर्म्याट अनुसार कार्यक्रममा अघि बढाइने निर्देशक सन्तोष खनालले बताए । भिडिओ पठाउँदा आफ्नो नाम ठेगाना र सम्पर्क नम्बर अनिवार्य समावेश गर्नुपर्नेछ । भिडिओ जिमेल comedykids.npl@gmail.com र नम्बर 9702091421 मा पठाउन सकिने जनाइएको छ ।
बालबालिकाहरुलाई लक्षित गरेर ल्याउन लागिएको शोमा ४ देखि १४ वर्षसम्म उमेर समूहकाले भाग लिन पाउने रघुजी फिल्म्सका संचालक रघुनाथ सापकोटाले बताए । सन्तोष खनालले निर्देशन गर्ने शोको जुरी टिम र अन्य टिम फाइनल भइसकेको र अब छिट्टै सार्वजनिक गरिने आयोजकको भनाइ छ ।
शोको डिजिटल पार्टनर ओएसआर डिजिटल छ भने कुनै एक टेलिभिजनबाट प्रसारण हुनेछ । प्रतियोगितामा विजेताले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस