विपिन जोशीको अवस्थाबारे कुनै ठोष जानकारी आएको छैन –परराष्ट्रमन्त्री राणा

नवनारी
१६ फागुन २०८१
186 Views

काठमाडौँ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको अवस्थाबारे कुनै यथार्थ जानकारी प्राप्त हुन नसकेको बताएकी छन् । 

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रमा भाग लिई शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री राणाले विपिनको रिहाइका लागि भने पहल गरिरहेको बताइन् । 

हमासको कब्जामा नेपाली रहेको भए रिहाइका हुने आश्वासन अन्तर्राष्ट्रिय जगतबाट पाएको उनले बताइन् । विपिन जोशीको रिहाइका लागि अधिकतम कूटनीतिक पहल गरेको उल्लेख गरिन् । 

त्यस्तै उनले उच्चस्तरीय सत्रमा नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन आग्रह गरिएको जानकारी दिइन् । मानवअधिकारको रक्षा र प्रवर्धनमा नेपालको प्रतिविद्धताका विषयमा जानकारी गराइएको उनले बताइन् । 


धेरै पढिएको