सप्तरीमा ४ वर्षीया बालिका बलात्कार, एक जना पक्राउ

नवनारी
१९ फागुन २०८१
138 Views

काठमाडौं । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ की ४ वर्षीया बालिकालाई छिमेकीले मोटरसाइकलमा एकान्तमा लगी बलात्कार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । गत फागुन १४ गते सीमाक्षेत्रको भारतीय गाउँमा रहेका नातेदार बिरामी परेकोले ती बालिकालाई मोटरसाइकलमा त्यहाँ पुराइदिन आमाले छिमेकीलाई आग्रह गरेकी थिइन् । 

ती छिमेकीले बेलुका बेहोस अवस्थामा बालिकालाई घर ल्याएर छाडिदिएका थिए । अत्यधिक रक्तश्राव भएपछि बालिकालाई उपचारका लागि गजेन्द्रनारायण अस्पतालमा भर्ना गरिएको पीडित बालिकाकी आमाले बताइन् ।  सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बलात्कारमा संलग्नको खोजी कार्य तीव्र पारिएको बताए । 

यस्तै गत फागुन १४ गते नै सप्तरीको महदेवा गाउँपालिकामा १४ वर्षीय किशोरीको बलात्कार भएको छ । फागुन १४ गते राति पिसाब फेर्न घरनजिकै गएकी ती किशोरीलाई छिमेकी १७ वर्षीय किशोरले फकाएर आफ्नो पसलमा पुर्याएका थिए । पसलमै उनले बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । घटनाका आरोपीलाई पक्राउ गरेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ ।


धेरै पढिएको