टिकटकमा अब ६० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिने व्यवस्था
221 Views
काठमाडौं । टिकटकले आफ्नो प्लाटर्फममा अपलोड गर्न सकिने भिडिओको समयावधि क्रमशः बढाउँदै लगेको छ ।
सुरूवातमा १५ सेकेडको भिडिओ अपलोड गर्न सकिनेमा यस्तो भिडिओको लम्बाई एक मिनेट, तीन मिनेट हुँदै १० मिनेटसम्म बनाइएको हो ।
अबदेखि भने टिकटकमा ६० मिनेटसम्मको भिडिओ पनि अपलोड गर्न सक्ने भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यम डेजर्टओ डट इनका अनुसार अहिले टिकटकको एपबाटै भिडिओ बनाउँदा १० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिन् छ । तर, अन्य एप वा बाहिरबाटै बनाएर तयार पारिएको भिडिओ ६० मिनेटसम्मको भए पनि टिकटकमा अपलोड गर्न सकिने भएको छ ।
यदी १० मिनेटभन्दा बढी समयको भिडिओ अपलोड गर्न सकिएको भएको छैन भने टिकटक एप अपडेट गर्नुपर्ने पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस