अध्यादेश सबै दलहरुले साझा बनाउनुपर्छ –सांसद बराल

नवनारी
२१ फागुन २०८१
199 Views

काठमाडौँ । नेकपा एमालेकी सचेतक सुनिता बरालले संसदमा पेश हुन लागेका अध्यादेशहरु इतिहास लेख्ने अवसर भएको भन्दै सबै दलहरुले साझा बनाउनुपर्ने बताइन् । सोमवार प्रतिनिधिसभाको शून्य सयममा उनले निर्वाचनमा जाँदा सबै राजनीतिक दलहरुले प्रस्तुत गरेका घोषणापत्रअनुसार सरकारले पेश गर्न लागेको अध्यादेश सबै दलहरुले साझा बनाउनुपर्ने बताइन् ।

‘हामी दलीय राजनीतिमा छौँ र निर्वाचनमा जाँदा सबैले आ—आफ्ना घोषणापत्रमा सुन्दर विषय उल्लेख गरेका हुन्छौँ । आज सरकारले ५ वटा अध्यादेश निर्णयार्थ सदनमा प्रस्तुत गर्दै छ‚’ उनले भनिन्, ‘जसमा नेपालका आर्थिक विकास र प्रगतिका विषयहरु, रोजगारी सिर्जना, व्यावसायिक वातावरण निर्माण, सार्वजनिक सेवा प्रवाह छिटो छरितो बनाउने र सुशासनलाई थप समृद्ध बनाउने विषयहरु छन् । यो अवसरमा सबै दलहरुलाई र मानीयहरुलाई आज पेश हुने अध्यादेशहरुलाई साझा बनाएर अगाडि बढ्नका लागि अनुरोध गर्न चाहन्छु ।’


धेरै पढिएको