सुनको मूल्य तोलामा ३ सयले बढ्यो, कतिमा हुदैछ कारोवार ?

नवनारी
२२ फागुन २०८१
212 Views

काठमाडौँ । बिहीबार आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा बिहीबारका लागि  १ लाख ७० हजार ७ सय रुपैयाँ तोकिएको हो ।  

यसअघि फागुन १३ गते सुनको भाउ १ लाख ७१ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । बिहीबार चाँदीको भाउ  पनि बढेको छ। अघिल्लो दिन प्रतितोला १९५० रुपैयाँमा कारोबार भएकोमा बिहीबारका लागि प्रतितोला १९८५ तोकिएको छ । 


धेरै पढिएको