अवैध बाटोबाट अमेरिका जान लागेका एक नेपालीको घानामा मृत्यु
261 Views
काठमाडौँ । अवैध बाटोबाट अमेरिका जान लागेका दाङका एक युवाको घानामा मृत्यु भएको छ । अमेरिका जाने क्रममा केही समयदेखि घानामै रहेका दाङका पूर्णबहादुर डाँगीको बुधबार मृत्यु भएको हो । डाँगीको शव पोष्टमर्टम र अन्य प्रक्रियाका लागि आकरास्थित अस्पतालमा राखिएको छ ।
हृदयघातका कारण मृत्यु भएको आशंका गरिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष विकास सुवेदीले जानकारी दिए । ‘मैले इजिप्टमा रहेको दूतावासमा खबर गरिसकेको छु । उनलाई अमेरिका लैजान खोज्ने एजेन्टसँग पनि कुरा भएको छ । एजेन्टका अनुसार घर्तीलाई कुनै किसिमको स्वास्थ्य समस्या थिएन,’ सुवेदीले भने, ‘एजेन्टसँग भेटेर आज थप कुराकानी हुन्छ । मृतकको शव कसरी पठाउने भनेर हामीले छलफल गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस