सौन्दर्यविद् प्रजापति राष्ट्रिय नारी सम्मान २०८१ बाट सम्मानित
957 Views
काठमाडौं । ११५औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सौन्दर्यविद् शर्मिला प्रजापति मुनिकार राष्ट्रिय नारी सम्मान २०८१ बाट सम्मानित भएकी छन् । उनलाई चन्द्रलोक प्रतिष्ठान परिवारले सम्मान गरेको हो ।
उपसभामुख इन्दिरा रानामगरबाट सम्मानित मुनिकार सिटिइभिटीबाट मान्यता प्राप्त जस्मिन व्युटि पार्लर एण्ड ट्रेनिङ इन्सिच्युट स्थापना गरी समाजका धेरै महिलालाई स्वावलम्बी, सक्षम र आत्मनिर्भर बनाउन सफल भएकी छिन् ।
यस अघि पनि ब्युटिसियन अवार्ड, नारी सम्मानबाट सम्मानित मुनिकार विगत २२ वर्ष देखि सौन्दर्यकला व्यवसायमा आबद्ध छिन् ।
काठमाडौं जिल्लाको सौन्दर्य कला व्यवशायी संघको सचिव रहेकी मुनिकारले आफ्नो कार्य र योगदानलाई आज उच्च मूल्यांकन भएको र व्यवसायमा अगाडि बढ्न हौसला मिलेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस