बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४३ जना स्टाफ नर्सको माग
217 Views
धरान । धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले रोजगारीको लागि माग फाराम खुलाएको छ । प्रतिष्ठानले करार सेवाका लागि १४३ जना स्टाफ नर्स माग गरेको हो । इच्छुकले मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाण पत्र तह उत्तीर्ण गरेको हुनुपर्नेछ । उमेर हद पुरुषको हकमा ३५ वर्ष र महिलाको हकमा ४० वर्ष ननाघेको हुनु पर्नेछ । परीक्षा दस्तुर एक हजार पाँच सय रूपैयाँ लाग्ने सूचनामा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस