विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा नेपाल

नवनारी
२८ फागुन २०८१
147 Views

काठमाडौं । लामो समयदेखि पानी नपर्दा नेपालको वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुगेको छ ।   

स्विट्जरल्यान्डस्थित वायु गुणस्तर निगरानी गर्ने डाटाबेस आईक्यूएयरका अनुसार नेपाल आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा छ । शीर्ष स्थानमा भारत छ ।  

वातावरण विभागका अनुसार आज बिहान दाङको देउखुरी क्षेत्रको वायुको गुणस्तर सबैभन्दा खराब छ । त्यहाँको वायुको गुणस्तर १९२ एक्यूआई मापन भएको छ । कैलालीको धनगढी, भक्तपुर, काठमाडौंको शंखपार्क र रत्नपार्क तथा ललितपुरको खुमलटार, भैंसेपाटी क्षेत्रको हावा अति अस्वस्थकर तहमा पुगेको छ ।


धेरै पढिएको