‘होस्टेल–३’ को गीत ‘रक अन’ युट्युबमा रिलिज (भिडियो)

नवनारी
३ चैत २०८१
207 Views

काठमाडौं –चलचित्र ‘होस्टेल–३’ मा समावेश गीत ‘रक अन’ युट्युबमा सार्वजनिक भएको छ । फिल्मका प्रमुख कलाकारहरू पारस बम ठकुरी ‘कुलब्वाइ’ र रिहान गिरीका साथमा समीर काजीको स्वर रहेको गीत आइतबार बिहान युट्युबमा सार्वजनिक गरिएको हो ।

फिल्मको अन्त्यमा राखिएको यो गीतको माग भएपछि इन्टरनेटमा ल्याइएको निर्देशक सशान कँडेलले बताए । गीतको शब्द तथा संगीत महेश ज्ञवालीको हो भने एरेन्ज योगेश काजीले गरेका छन् । ‘होस्टेल–३’ ले नेपालमा राम्रो व्यापार गरिरहेको छ । फिल्मले पहिलो हप्ता मात्र ४ करोड ३२ लाख ग्रस कलेक्सन गरेको निर्माणपक्षले जनाएको छ । दोस्रो हप्ताको शनिबार पनि फिल्मको व्यापारमा कमी नआएको निर्देशक कँडेलले बताए । ‘हामी निरन्तर हल भिजिटमा छौं र वितरकबाट पनि व्यापारको रिपोर्ट लिइरहेका छौं । दोस्रो हप्तामा पनि व्यापारको उत्साह कायमै छ,’ उनले भने ।

फिल्ममा पारस बम ठकुरी ‘कुलब्वाइ’, रिहान गिरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, समा पराजुली, आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ लगायतको मुख्य भूमिका रहेको छ । फिल्ममा माधव शर्माको पटकथा तथा संवाद लेखन छ । निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् ।

भिडियोः


धेरै पढिएको