भारतबाट बर्षेनी करडौंको गोबर आयात, जैविक मल उत्पादको नीति ल्याउन सरकारलाई आग्रह
काठमाडौं । नेपाल एक कृषि प्रदान देश हो । तर विडम्बना पछिल्लो समय नेपाल कृषिमा परनिर्भर छ । अहिले नेपाली बजार पूर्ण रुपमा आयातित बस्तुले भरिएको छ । कृषिको लागि रासायनिक मलमात्र होइन गोबरसमेत आयात हुने गरेको पाइएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा एमालेकी सांसद ईश्वरी घर्ती मगरले भारतबाट गोबर मल समेत आयात भइरहेको जानकारी दिएकी हुन् ।
संसदको शून्य समयमा बोल्दै सांसद घर्ती मगरले नेपालमा भारतबाट रासायिनक मलमात्र नभएर वर्षेनी करोडौं रूपैयाँको गोबर मलसमेत आयात भएको बताइन् । उनले छाडा चौपायाको व्यवस्थित र व्यवसायिक पालन गरेर जैविक मल उत्पादको नीति ल्याउन सरकारलाई आग्रह समेत गरिन् । सांसद घर्ती मगरले नेपालमै जैविक मल उत्पादन गरेर विषादीरहित कृषि उत्पादनको केन्द्र बनाउन सकिने भएकाले सरकारले नीति तथा कार्यक्रममा समेट्न आग्रह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस