आज सुनको मूल्य स्थिर, चाँदीको कति ?

नवनारी
४ चैत २०८१
243 Views

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आज सुनको भाउ आइतबारको बजारमा कायम भएको मूल्यलाई नै आधार मानेर कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । 

महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला दुई हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ । 


धेरै पढिएको