ब्रो काउलीमा ८० प्रतिशत भन्दा बढि विषादी फेला
220 Views
काठमाडौँ । ब्रो काउलीमा चरम विषादी मिसाउने गरेको पाइएको छ । भक्तपुरबाट बिक्रीका लागि कालीमाटी ल्याइएको उक्त काउलीमा ८८.६७० प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ । सोमबार केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका १८ पसलको १८ वटा तरकारी तथा फलफूल परीक्षण गर्दा काउलीमा विषादी भेटिएको हो । सो मात्रा उपभोग अयोग्य रहेको जनाइएको छ ।
बजारमा कार्वामेट र अर्गानोफस्फेट समूहका विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।

प्रतिक्रिया दिनुहोस