साहित्य समाजलाई सुसूचित गर्ने महत्त्वपूर्ण माध्यम हो – पूर्वराष्ट्रपति भण्डारी

नवनारी
९ चैत २०८१
175 Views

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कविता समाजलाई सुसूचित गर्ने महत्त्वपूर्ण माध्यम भएको बताएकी छिन् । शनिवार काठमाडौँमा कति तीर्थ श्रेष्ठको एकल कविता वाचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले कवितामा व्यक्त आशय र विचार यथार्थमा आधारित हुने बताइन् ।

यथार्थमा आधारित कुरा समाजलाई जानकारी गराउने प्रभावशाली माध्यम भएको जिकिर गरिन् । कविताका माध्यमबाट देश र संसारलाई बुझ्ने अवसर मिल्ने बताइन् । पूर्वराष्ट्रपति भण्डारीले भनिन्‚ ‘कवितामा व्यक्त आशय र विचार यथार्थमा आधारित छन् । कविता यस्तो प्रभावशाली माध्यम हो, जसबाट हामीले एकै छिनमा संसारलाई बुझ्ने अवसर प्राप्त हुन्छ । हामीले देश र संसारलाई कवितामार्फत बुझ्न पायौँ ।’​ पूर्वराष्ट्रपति भण्डारीले कविता वाचन जस्ता कार्यक्रम आगामी दिनमा देशव्यापी रूपमा हुँदै जानुपर्नेमा जोड दिइन् ।


धेरै पढिएको