सुनको मूल्य सामान्य अंकले घट्यो, कतिमा हुदैछ कारोवार ?
194 Views
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य अंकले घटेको छ । सोमबार तोलामा एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलाको एक लाख ७३ हजार ३०० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सोमबारको तुलनामा सुन आज २०० रुपैयाँले घटेको हो ।
त्यस्तै चाँदीको मूल्यमा भने कुनै परिवर्तन देखिएको छैन । चाँदी आज पनि एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि सोमबार पनि चाँदीको मूल्यमा स्थिर थियो ।

प्रतिक्रिया दिनुहोस