कन्सर्टमा तीन घन्टा ढिला पुगेपछि दर्शकको विरोध, स्टेजमै रोइन् नेहा कक्कड

नवनारी
१३ चैत २०८१
261 Views

काठमाडौं । बलिउड गायिका नेहा कक्कड आफ्नो गायनका कारण भारतमा मात्र नभएर विदेशमा पनि उत्तिकै चर्चामा आइरहन्छिन् । उनका भिडियोहरू सामाजिक सञ्जालमा दिनहुँ भाइरल भइरहेका हुन्छन् ।

पछिल्लो समय उनी आफ्नो कन्सर्टका कारण विवादमा तानिएकी छिन् । हालै उनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो भिडियो मेलबर्न कन्सर्टको हो । हालै उनले अष्ट्रेलियाको मेलबर्नमा कन्सर्ट गरेकी थिइन् । कन्सर्टको समय साँझ ७ः३० बजे थियो, तर उनी ३ घण्टा ढिलो स्टेजमा आइपुगिन् ।

सिंगरको प्रतीक्षामा रहेका फ्यानहरू उनको ढिलाइका कारण धेरै रिसाए र विरोधको नारा लगाउन थाले । फ्यानहरू रिसाएको देखेर नेहा कक्कड स्टेजमै बेस्सरी रुन थालिन् र मानिसहरूले उनलाई ट्रोल गर्न थाले । अहिले नेहाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भिडियोमा गायिका नेहा कक्कड रोइरहेकी र ढिलो भएकोमा आफ्ना फ्यानहरूसँग माफी मागिरहेको देखिन्छिन् । फ्यानहरूले उनलाई निरन्तर गिल्ला गरिरहेका छन् । एउटा फ्यानले भन्छन्, ‘यो अष्ट्रेलिया हो, भारत होइन ।’ तिनीहरूमध्ये अर्को जनाले भने, ‘फर्कनुहोस्, होटलमा जानुहोस् र आराम गर्नुहोस् ।

एक जना दर्शकले उनको रोएकोमा टिप्पणी गर्दै भने, ‘यो इन्डियन आइडल होइन ।’ गायिका नेहा कक्कडले धेरै गीतहरूमा आफ्नो स्वर दिएकी छिन् । उनी धेरै गायन रियालिटी शोहरूमा निर्णायक पनि छिन् र संगीत कन्सर्टहरूमा भाग लिइरहेकी छिन् ।


धेरै पढिएको