सुनको मूल्य तोलामा १३ सयले बढ्यो, चाँदीको कति ?

नवनारी
१४ चैत २०८१
509 Views

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँ बढेर कारोबार भइरहेको छ । 

आज स्थानीय बजारमा सुन प्रतितोला एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जानकारी दिएको छ ।

यस अघि बुधबार सुन तोलामा एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोवार भइरहेको थियो । त्यस्तै चाँदी पनि तोलामा ३० रुपैयाँ बढेर दुई हजार २० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ । 


धेरै पढिएको