सुनको मूल्य अहिले सम्मकै उच्च, कतिमा हुँदैछ कारोवार ?
164 Views
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य भारी मात्रमा बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्यमा १ हजार ४ सय रुपैयाँको वृद्धि भएको छ ।
बिहीबार प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाली इतिहासमा सुनको मूल्य यो इतिहासकै उच्च हो । यसअघि ७ चैतमा १ लाख ७६ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड बनेको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस