चलचित्र विकास बोर्डको रिक्त सदस्य पदमा निर्देशक लोहनी नियुक्त
138 Views
काठमाडौँ –निर्माता, निर्देशक तथा कलाकार सन्तोषबाबु लोहनी चलचित्र विकास बोर्डको रिक्त सदस्य पदमा नियुक्त भएका छन् । २०४९ सालबाट फिल्म ‘अपमान’मा अभिनय गर्दै करिअर थालेका उनले फिल्म र टेलिभिजन कार्यक्रमको अभिनय, निर्देशन र निर्माणमा पनि सक्रियता दर्शाइरहेका छन् । उनलाई संचार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार सदस्य पदमा नियुक्त गरिएको हो ।
‘जय विजय’जस्ता फिल्ममा शीर्ष भूमिका निर्वाह गरेका उनले ‘नारी, द वुमन,’ ‘हेलो नेपाल,’ ‘कोइराला, मानवताका लागि’ जस्ता चर्चित टेलिभिजन कार्यक्रममा पनि काम गरेका छन् । उनी निर्देशित पछिल्लो चलचित्र ‘शुभ लभ’ प्रदर्शनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस