फिल्म ‘परी’ निर्माण हुँदै, गरियो मुहूर्त
काठमाडौं । नेपाली चलचित्र ‘परी’ निर्माण हुने भएको छ । शुक्रबार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा स्क्रिप्ट पूजा गर्दै शुभमुहूर्त गरिएको ‘परी’ गोविन्द गौतमको लेखन तथा निर्देशनमा बन्न लागेको हो । मुहूर्तमा फिल्ममा मुख्य भूमिकामा अभिनय गर्न लागेका कलाकारहरू किरण केसी, दीपाश्री निरौला, लक्ष्मी गिरी, दीपक अधिकारी, रेणु दुलाल लगायतको उपस्थिति थियो । कलाकार किरण केसीले फिल्मको स्क्रिप्ट राम्रो लागेर काम गर्न लागेको बताए ।
दीपाश्री निरौलाले पनि फिल्मको कथा मन परेकै कारण अभिनय गर्न राजी भएको बताइन् । उनले भनिन्, ‘स्क्रिप्टमा मेहनत गर्यो भने फिल्म वाह भन्ने बन्छ। फिल्म वाह भएपछि दिनानू दिन निर्माताहरू थपिनुहुन्छ। र, राम्रो राम्रो प्रोडक्ट पनि थपिन्छ। त्यसका लागि सबैले मेहनत गर्नुपर्छ। यो फिल्मको स्क्रिप्टमा निर्देशक गौतम साबले धेरै मेहनत गर्नुभएको छ। त्यसैले खेल्न राजी भएँ।’
आर.एस. मल्टिप्रर्पोजको प्रस्तुति रहेको फिल्ममा प्रियंका कार्की, दिनेश डिसी, दिग विजय केसी, श्याम राई, घनश्याम गिरी, संगम गौतम, जेशिका पोखरेल, निशा गौतम, अर्नव नागिला लगायतको समेत अभिनय रहनेछ । फिल्मको निर्मातामा अमर नागिला, बद्रिनाथ पराजुली र महेन्द्र भट्ट छन् ।
छायांकन जेठको अन्तिम साताबाट थाल्ने तयारी छ । दोलखा र तनहुँ आसपासमा छायांकनको तयारी थालिएको निर्देशक गौतमले बताए । बाबु श्रेष्ठको छायांकन रहने फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको द्धन्द्ध, दीपक शर्मा र विकास चौधरीको संगीत रहनेछ ।

प्रतिक्रिया दिनुहोस