सुनको मूल्यमा नयां किर्तिमान, कतिमा हुदैछ कारोवार ?

नवनारी
१७ चैत २०८१
237 Views

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य अहिले सम्मकै उच्च मूल्यमा पुगेको छ । आइतबार सुन तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको हो । जुन अहिले सम्मकै उच्च मूल्य हो । 
यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार २०० रुपैयाँ कायम भएको थियो । तर आज आइतबार ६०० रुपैयाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार १५ रुपैयाँ घटेर तोलामा २ हजार २५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।  


धेरै पढिएको