सुनको मूल्य अहिले सम्मकै उच्च, कतिमा हुँदैछ कारोवार ?

नवनारी
१८ चैत २०८१
191 Views

काठमाडौँ । सोमबार आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आज सुन प्रतितोला एक लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । 

आइतबार सुन एक लाख ७६ हजार ८०० रुपैयाँ प्रतितोला पुगेको थियो । आज एक हजार एक सय रुपैयाँले बढेको हो । यो अहिले सम्मकै उच्च मूल्य हो ।

चाँदीको मूल्य पनि सामान्य अंकले बढेर दुई हजार २५ बाट दुई हजार ३५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।  


धेरै पढिएको