‘युद्ध होइन शान्ति चाहन्छौँ’ –विद्यार्थी
158 Views
काठमाडौं । चैत १५ गते भएको राजावादी पक्षधरको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर कोटेश्वर बहुमुखी क्याम्पसका बिबिएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी रेविका खत्री घाइते छिन् । आफ्नै निवास नजिक गोली लागेको उनी हाल अस्पतालमा आइसीयुमा उपचार भइरहेको छ ।
उनको न्यायको लागि र दोषीलाई कडाभन्दाकडा कारबाही माग राखी कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीहरूले आज प्रदर्शन गरेका छन् । उनीहरूले आफूहरूले युद्ध नभइ शान्ति चाहेको पनि उल्लेख गरेका छन् । प्रदर्शनको क्रममा उनीहरुले न्यायको लागि सरकार संग अपिल गरेका छन् । उनीहरुले गृह प्रशासन संगै आन्दोलनरत पक्षलाई खबरदारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस