निकै खराब अवस्थामा काठमाडौं उपत्यकाको वायु प्रदुषण

नवनारी
२० चैत २०८१
163 Views

काठमाडौं । आज काठमाडौं उपत्यकाको वायु प्रदुषण उच्च रहेको छ । प्रदुषण बढ्दा भिजिबिलिटी पनि घटेको छ जसका कारण विमानको उडानमा पनि समस्या आइरहेको छ ।

आइतवारदेखि निकै अस्वस्थकर भएको काठमाडौंको वायुको गुणस्तर केही स्थानमा त खतराको तहमा पुगिसकेको छ । बुधवार काठमाडौं विश्वको प्रदुषित सहरहरुमध्ये दोस्रो स्थानमा रहे पनि वायुमण्डलमा खैरो धुँवा उडे जस्तो देखिएको छ ।

“आज काठमाडौं सबैभन्दा धेरै वायु प्रदुषण भएको शहरको दोस्रो स्थानमा पुगेको छ तर वायु प्रदुषण घटेर होइनकि दिल्लीको प्रदुषण बढेर । भोलि देखि थोरै प्रदुषण घट्ने देखिए पनि आर्को हप्तादेखि बर्षाको सम्भावना छ र आँखा पोल्न छोड्ला ।,” मौसमविद् बिनोद पोखरेलले ट्वीटरमा लेखेका छन् ।

आईक्यूएयरको तथ्यांकअनुसार आज बिहान काठमाडौंको औसत एयर क्वालिटी इन्डेक्स (एक्युआई) रौंभन्दा तीन गुणा मसिना धुलो धुवाँका कण प्रतिघण्टा २६८ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ । मंगलबार २२५ मापन भएको थियो । हिजो आज काठमाडौँको वायु प्रदूषण निकै खराबपूर्ण अवस्थामा रहेकाले सक्रकता अपनाउन विग्यहरुले सुझाव दिएका छन् ।


धेरै पढिएको