विश्वको प्रदूषित सहरको शीर्ष स्थानमा काठमाडौँ

नवनारी
२६ चैत २०८१
197 Views

काठमाडौँ । काठमाडौँ विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा आएको छ । काठमाडौँको एयर क्वालिटि इन्डेक्स (एक्यूआई) बिहान ७ः३० को मापन अनुसार २६२ रहेको छ । जुन निकै अस्वस्थ मानिन्छ । १ देखि ५० सम्मको एक्यूआईलाई मात्र स्वस्थ मान्ने गरिएको छ । काठमाडौँको हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ३७.५ गुणा बढी रहेको छ ।

वायु प्रदूषण उच्च भएसँगै काठमाडौँमा बिरामीको संख्या पनि बढेको छ । विज्ञहरूले बाहिर व्यायाम नगर्न, मास्क लगाउन तथा झ्यालहरू बन्द गरेर बस्न सुझाव दिएका छन् । हाल पाटन, रत्नपार्क, रविभवन, बिजुलीबजार, पुतलिसकडलगायत क्षेत्रमा प्रदूषण उच्च रहेको छ ।

काठमाडौँपछि भारतको नयाँ दिल्ली दोस्रो तथा भियतनामको हानोई विश्वकै तेस्रो प्रदूषित सहर बनेका छन् । त्यसपछि शीर्ष १० स्थानमा क्रमशः पाकिस्तानको लाहोर, भियतनामको हो चि मिन, चीनको वुहान, इन्डोनेसियाको जकार्ता, म्यानमारको याङगोन, चीनको छेन्दु र कम्बोडियाको फेनोम पेन रहेका छन् ।


धेरै पढिएको