रमेशको दमदार प्रस्तुतिसंगै झुमे दर्शक

नवनारी
२६ चैत २०८१
267 Views

काठमाडौं । गायक रमेश पाठक देश तथा विदेशमा पछिल्लो समयमा आफ्ना प्रस्तुति दिन व्यस्त छन् । पाँच दर्जनको हाराहारीमा गीत श्रोता÷दर्शकका माझ ल्याउन सफल भएका रमेश देशका विभिन्न मेला महोत्सवमा आफ्ना प्रस्तुतिमार्फत दर्शकको मन जित्न सफल छन् भने हालै थाइल्याड र मलेसियामा आफ्ना प्रस्तुति दिएका छन् ।

थाइल्याण्डको राजधानी बैंककमा भएको पाँचौं संस्करणको हिमालयन अन्तर्राष्ट्रिय अवार्डका लागि थाइल्याड र मलेसिया पुगेका उनले विशेष प्रस्तुति दिए । थाइल्याण्मा गैरआवसिय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भविन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा भएको समारोहमा गीत–संगीतका साथै समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान पनि गरिएको थियो ।

नेपाली राष्ट्रियगानबाट सुरू गरिएको समारोहमा गायक पाठकको साथमा ईशान श्रेष्ठ, नृत्य निर्देशक कृष्ण रसाल, केशव कोइराला, मोडल तथा कलाकार शिला गजुरेल, पुजन काफ्ले लगायतले आ–आफ्ना प्रस्तुति दिएका थिए । थाइल्याण्डमा रहेर लामो समयदेखि व्यवसाय गर्दै आएका सुनिल खड्काको विशेष आतिथ्यता रहेको समारोहमा अन्य अतिथिहरूको उल्लेखनिय उपस्थिति थियो ।

यस्तै, मलेसियामा पनि रमेश पाठकको प्रस्तुतिमा दर्शक झुमेका थिए । मलेसियामा भएको ‘मिलाप अन्तक्र्रिया, सम्मान, एवं सांगीतिक साँझ’मा रमेशको प्रस्तुतिमा दर्शक झुमेका हुन् । मलेसियाको होटल ग्राण्ड कन्टिनेन्टलमा आइतबार एक भव्य सामारोहबीच नेपाली राजदूतावास मलेसियाका प्रथम सचिव बलिराम धामीको प्रमुख अतिथ्यतामा ‘मिलाप अन्तक्र्रिया, सम्मान, एवं सांगीतिक साँझ’मा रमेशको प्रस्तुति विशेष रहेको थियो ।

कार्यक्रममा विशेष अतिथिमा एनआरएनए आईसिसीका उपाध्यक्ष खगेन्द्र न्यौपाने, पर्यटनदूत मलेसिया नेत्र केसी, एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापा, एनआरएनए मलेसियाका पूर्वअध्यक्ष महेन्द्रजंग शाह लगायतका एक दर्जन भन्दा बढीको विशेष आतिथ्यता रहेको थियो ।

यस्तै मलेसिया स्थित नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा विशेष अतिथि अतिथिलाई सम्मान एवं मायाको चिनो प्रदान गरिएको थियो । उनीहरूलाई कार्यक्रम सभापति गीता अधिकारी जनसावलका रामजी बगाले र राजदूतावासका प्रथम सचिव बलिराम धामीले सम्मान पत्र अर्पण गरेका थिए ।

कार्यक्रममा पाठकमा साथमा गायिक मञ्जु लावती, कृष्ण रसाल, केशव कोइराला, उर्मिला खत्री (रिया) रामबाबु पटेल, शिला गजुरेल विराट बास्कोटा, राजु शेर्मा, मुकेस गुरुङ, जोसिफा गुरुङ, ईसान श्रेष्ठलगायतले पनि प्रस्तुति दिएका थिए ।


धेरै पढिएको