वर्षापछि काठमाडौँको प्रदूषणमा केहि कमि, जोखिम भने कायमै

नवनारी
२८ चैत २०८१
233 Views

काठमाडौँ । काठमाडौं उपत्यकामा बिहीबार बिहान र दिउसो हावाहुरी सहितको सामान्य बर्षा भइरहेको छ । वर्षासँगै काठमाडौँ उपत्यकाका साथै देशका अधिकांश भागमा लागेको तुवाँलो पनि क्रमिक रुपमा घटिरहेको छ । बुधबार सम्म विश्वकै सबैभन्दा बढि प्रदूषित सहरको रुपमा रहेको काठमाडौँको प्रदूषण आज धेरै मात्रामा घटेको छ ।

दिउसो साढे २ बजेको रिर्पोट अनुसार काठमाडौँको एयर क्वालिटि एक्यूआई १ सय ५४ रहेको छ । जुन स्वास्थ्यका लागि भने हानिकार नै मानिन्छ । यस अघि बुधबार सम्म काठमाडौँको एक्यूआई २ सय भन्दा माथि थियो । आज सबैभन्दा प्रदूषित सहरको सूचीमा इराकको बगदाद (१८३) सिटि रहेको छ । भने दोस्रो नम्बरमा भारतको नयाँ दिल्ली (१५८), तेस्रोमा चियाङ माई, थाइल्याण्ड (१५७) र चौथो नम्बरमा नेपाल रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्का वर्षा एवं हिमपात पनि हुनसक्ने छ ।


धेरै पढिएको