के हो मिर्गौला क्यान्सर, यो किन हुन्छ ?
काठमाडौँ । हाम्रो शरीर स–साना कोषहरु मिलेर बनेको हुन्छ । शरीर विकासको क्रममा कोषिकाहरू अनियन्त्रित विकास हुँदा वा कोषको उत्पादन हुँदा आउने समस्या नै क्यान्सर हो ।
टाउकोदेखि खुट्टासम्मको जुनसुकै भागमा भित्रि तथा बाहिरी अंगमा क्यान्सर लाग्न सक्छ । विशेषगरी क्यान्सर रोग अस्वस्थ्य खानपान, अव्यवस्थित जीवनशैली, सुर्तीजन्य वस्तुको प्रयोग र वंशाणुको कारणले हुन्छ ।
विश्व लगायत नेपालमा पनि क्यान्सर रोग बढ्दै गइरहेको पाइन्छ । नेपालको परिवेशमा भन्ने हो भने ग्लोबोकेन २०२० को तथ्यांक अनुसार वर्षेनि लगभग २० हजारको हाराहारीमा नयाँ क्यान्सरका बिरामी थपिरहेका छन् । त्यसमध्ये पनि पुरुषहरुमा फोक्सोको क्यान्सर र महिलाहरुमा स्तन र पाठेघरको क्यान्सर बढी देखिएको छ । नेपालमा पछिल्लो समय मिर्गौलाको क्यान्सरका बिरामीहरु पनि बढ़दै गईरहेको देखिएको छ ।
के हो मिर्गौला क्यान्सर ?
शरीरमा भएका अंगहरुको एक निश्चीत आकार हुने गर्दछ। त्यो कति सम्म बढ्ने भनेर प्रकृया हुन्छ। त्यसैगरि मिर्गौलाको कोषिकाहरुपनि चाहिने भन्दा बढी वा अनियन्त्रित तरिकाले विभाजित हुनु नै क्यान्सर हुनु हो ।
अन्य क्यान्सर जस्तै मिर्गौला क्यान्सरको पनि चरण रहेको छ । पहिलो, दोस्रो र तेस्रो चरणसम्मको क्यान्सरलाई काटेर फाल्दा मात्र हुन्छ तर चौथो चरणमा भएको क्यान्सरमा चाहिँ मिर्गौलाबाट कोषिकाहरु अनियन्त्रित भएर कोषिकाहरु अन्यत्र गएको मानिन्छ जसलाई हामीले काटेर फालेर मात्र हुँदैन । चौथो चरणमा भने उपचार चाहिन्छ अन्य क्यान्सरमा केमो दिनु पर्ने हुन्छ तर मिर्गौला, थाइरोइड, कलेजोको क्यान्सरमा भने किमोथेरापी दिनु पर्दैन यसमा भने टारगेटेड थेरेपी दिनु पर्ने हुन्छ ।
लक्षणहरुः
जता तिर क्यान्सर भएको छ त्यता दुख्ने,
पिसाबमा रगत देखिने,
अनावश्यक तौल घट्ने,
खोकि, ज्वरो आउँने,
अन्य क्यान्सरको दाजोमा मिर्गौलाको क्यान्सर एकदमै कम देखिने क्यान्सर हो । विश्वमा मिर्गौला क्यान्सर ९र१० स्थानमा पर्छ भने नेपालमा पनि यो क्यान्सर यस्तै स्थानमा पर्छ । जसले गर्दा समुदाय स्तरसम्म मिर्गौलाको क्यान्सरको बारेमा जनचेताना गइसकेको छैन ।
मिर्गौलाको क्यान्सर हुनबाट बच्नका लागि निम्न उपायहरु अपनाउनेः
मद्यपान र धुम्रपानदेखि टाढै बस्ने,
स्वस्थ्कर जीवनशैली अपनाउँने,
दैनिक व्यायमहरु गर्ने,
जुत्ताचप्पल कारखानामा काम गर्दा विशेष सावधानि अपनाउने,
बोसोयुक्त खानेकुराहरु नखाने ।

प्रतिक्रिया दिनुहोस