सुनको मूल्य अहिले सम्कै उच्च, चाँदीको कति ?

नवनारी
३१ चैत २०८१
217 Views

काठमाडौँ । नेपाली बजारमा आइतबार (आज) सुनको मूल्यमा नयाँ कीर्तिमान बनेको छ । यसअघि एक लाख ८५ हजार रुपैयाँ प्रतितोला पुगेको सुन आज एक हजार बढेर एक लाख ८६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यो अहिले सम्मकै उच्च मूल्य हो । 

आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार एक हजार ९०५ रुपैयाँ पुगेको चाँदी आज एक हजार ९६० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ । 


धेरै पढिएको