सुनको मूल्य आज तोलामा १७ सयले घट्यो, चाँदीको कति ?

नवनारी
२ वैशाख २०८२
186 Views

काठमाडौं । नयाँ बर्ष २०८२ सालको कारोवारको पहिलो दिन सुन तोलामा एक हजार ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार  छापावाल सुनको मूल्य तोलाको एक लाख  ८४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन तोलाको एक लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य  पनि घटेको छ । आज चाँदी एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । आइतबार  चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।


धेरै पढिएको