बलात्कारको आरोपमा एक जना पक्राउ
149 Views
झापा । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका–२ घर भएका २४ वर्षीय दिलबर खान पक्राउ परेका छन ।
खानले ती बालिकालाई मेचीनगर नगरपालिका–९ संगम चोकस्थित साईकिर्पा कपी उद्योगमा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सोमबार पक्राउ परेका उनमाथि थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस